समसामयिक घटना
समसामयिक घटना तथा मुद्दाको व्यापकतालाई मध्यनजर गर्दै यसको
तयारीका लागि एउटा वैज्ञानिक तरिका विकसित गर्न सकिन्छ जसअन्तर्गत निम्नलिखित
तथ्यलाई ध्यानमा राख्नु आवश्यक छ ।

२. समसामयिक घटनाहरु प्रति
आफ्नो अभिरुचि विकसित गर्ने प्रयास गर्नुपर्छ । प्रत्येक दिन कुनै स्तरीय
राष्ट्रिय समाचारपत्र,
विश्वासनीय
अनलाईन पत्रिकाहरु पढ्ने,
रेडियोमा
खवरहरु सुन्ने तथा टेलिभिजनमा समाचार हेर्ने बानी बसाल्नुपर्छ ।
३. कुनै पनि घटनाको तथ्यात्मक तथा अवधारणात्मक पक्षको
विश्लेषण गरि बुझ्ने प्रयास गर्नुपर्छ ।
४. समसामयिक विषयका लागि सधैं
प्रमाणित स्रोतहरुलाई आधार बनाउनुपर्छ ।
५. कुनै पनि घटनालाई त्यसको
बहुआयामिक तरिकाबाट हेर्नुपर्छ । घटनाको सकारात्मक र नकारात्मक पक्षका साथसाथै
राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं भौगोलिक
पक्ष पनि बुझ्नुपर्छ ।
६. समसामयिक घटनासँग सम्बन्धित प्रश्न कतिपय
अवस्थामा मानचित्रमा पनि आधारित हुन्छन् । अत: कुनै घटना र त्यससँग सम्बन्धित
भौगोलिक पक्षको अध्ययन पनि अनिवार्य हुन्छन् ।
७. नयाँ प्रकारका कुनै पनि घट्नाहरुलाई नोट गरिहाल्नु पर्छ
।
समसामयिक विषयको वर्गीकरण
समसामयिक विषयको तयारीका लागि विविध विषयलाई अलग-अलग खण्डमा
विभाजिन गरेर त्यसको अध्ययन तथा विश्लेषण गर्नुपर्छ ।
१. राष्ट्रिय महत्त्वको विषय
- राष्ट्रिय गतिविधिहरु
- सरकारको नीति तथा कार्यक्रम त्यसका विभिन्न क्रियाकलाप
- न्याय व्यवस्था तथा
न्यायालयको महत्त्वपूर्ण निर्णय
- राष्ट्रिय योजना आयोगका गतिविधीहरु
- क्षेत्रीय तथा स्थानीय गतिविधि
- विविध विषयसँग सम्बन्धित समिति तथा आयोगहरूको
प्रतिवेदन
- चर्चित व्यक्तित्व
- विभिन्न विषयमा ख्याती प्राप्त व्यक्ती सम्बन्धी विशेष
जानकारी
२. अन्तर्राष्ट्रिय महत्त्वको विषय
-
नेपाल
र विश्व तथा नेपालको विदेश नीति
- अन्तर्राष्ट्रिय शक्ती तथा सामरिक विषयको
जानकारी
-
संयुक्त
राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठन तथा एजेन्सी
- विभिन्न देशका
अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र सम्मेलन
- सार्क गतिविधि
-
अन्य
वैश्विक सामाजिक-सांस्कृतिक गतिविधि
३. सामाजिक महत्त्वको विषय
-
लैङगिक
विभेद र महिला हिंसा
-
श्रम
कानुन तथा सुधार, रोजगारी र गरिबी
- सामाजिक चुनौतीहरु र
उपायहरु
- खाद्य सुरक्षा, मानव विकास, शिक्षा-संस्कृति, मिडिया, सामुदायिक विकास
- भ्रष्टाचार प्रतिवेदन, मानव विकास सूचकांक आदि ।
४. आर्थिक महत्त्वको विषय
-
राष्ट्रिय
अर्थ नीती
-
राष्ट्र
वैंकको मौद्रक निती
- राष्ट्रिय बजेटको विविध पक्ष तथा त्यसका
सामाजिक आर्थिक प्रभाव
- मुद्रा तथा बैंकिङसँग
सम्बन्धित नीति- नियम एवं सुधार
- व्यापार तथा
वाणिज्यसम्बन्धी सरकारी नीति
- विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा अन्य आर्थिक
मञ्चका सम्मेलन
-
अन्य
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन एवं गतिविधि
-
पुँजि वजार
- पर्यटन
५. विज्ञान तथा प्रविधि
- सूचना प्रविधि, जैविक प्रविधि एवं अन्तरिक्ष विज्ञान
- विभिन्न अन्वेषण तथा
आविष्कार
-
स्वास्थ्य
र पोषण, कृषि तथा उद्योग
- भौतिक तथा रसायन विज्ञान
६. पर्यावरणीय महत्त्वको विषय
- प्राकृतिक संरचना र विपद्
व्यवस्थापन
- वन तथा जीव संरक्षण र
पर्यावरणीय तथा पारिस्थितिकी सुरक्षा
-
पर्यावरणसँग
सम्बन्धित राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुन, सम्मेलन तथा सम्झौता आदि
- ईको पर्यावरण
७. खेलकुद
-
प्रमुख
खेल आयोजना,
-
खेल पदक तथा पुरस्कार
-
राष्ट्रिय तथा अन्तर्राष्ट्रि खेलका
महत्पूर्ण कुराहरु
- खेलसँग ख्याती प्राप्त व्यक्तिवारेमा जानकारी
८. विविध
- शब्द संक्षेप, चर्चित पुस्तक, व्यक्तित्व तथा चर्चित
स्थल
- प्रमुख दिवस र वर्ष, महोत्सव
- प्रमुख अभियान, शिक्षा-संस्कृति, दुर्घटना
तथा अन्य महत्त्वपूर्ण तथ्य ।
- राष्ट्रिय तथा
अन्तर्राष्ट्रि सम्मान तथा पुरष्कारहरु
सन्दर्भ सामाग्रीः सामान्यज्ञान, सामाजिक अध्ययन र कान्तिपुर साप्ताहिक
No comments:
Post a Comment